होेली कार्यक्रममा प्रचण्ड

काठमाडौं ,८ चैत ।

cmprachanda_HOLI-3-358x299
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज होली कार्यक्रममा सहभागी भएका छन् । सुदूरपश्चिमका नेता तथा कार्यकर्ताले जनयुद्धका बेला शहिद तथा बेपत्ता भएका परिवारका छोराछोरीको पढाईका लागी अक्षयकोष स्थापना गर्ने भन्दै आयोजना गरेको होली कार्यक्रममा प्रचण्ड सहभागी भएका हुन् । प्रचण्डकै निवास लाजिम्पाटबाट सुरु गरिएको होली कार्यक्रमलाई अध्यक्ष प्रचण्डले संबोधन गरेका थिए । उनले पुराना संस्कृतिलाई सामाजीक कार्यसंग जोड्दै समाज सेवाका लागी प्रयोग गर्नु राम्रो काम भएको बताए ।

प्रचण्डले सुदूरपश्चिमका नेता तथा कार्यकर्ताले सुरु गरेको यस्तो कार्यले पक्कैपनि जनयुद्धमा शहिद भएका र बेपत्ता भएका परिवारका छोराछोरीका लागी सहयोग हुने बिश्वास व्यक्त गरे ।

 

1929480_1294747900551635_6543566927875472515_nसुदूर पश्चिमका नेता तथा कार्यकर्ताले आयोजना गरेको होली कार्यक्रमलाई सहयोग गर्दै प्रचण्डले अक्षयकोष स्थापनाका लागी ५० हजार नगद रकम सहयोग गरेका छन् ।त्यस्तै सभामुख ओनसरी घर्ती र एमाओवादी सचिव बर्षमान पुनले पनि संयुक्त रुपमा २५ हजार सहयोग गरेका छन् । होली कार्यक्रमकै दौरानमा अक्षयकोषका लागी एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, सरकारमा सहभागी मन्त्री र सभासद्हरुबाट समेत सहयोग माग्ने होलीमा सहभागी पूुर्र्व सभासद मञ्जु बमले मुलखबरलाई जानकारी दिईन् ।