यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
सागका स्वर्ण बिजेता खेलाडी पोखरामा. पोखरा, २ चैत ।. १२औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई पोखरामा सम्मानित हुने भएका छन् । सहारा क्लव पोखराको आयोजना तथा पोखराका विभिन्न संघसंस्थाको सहकार्यमा आगामी शनिबार उनीहरुलाई नगदसहित सम्मान गर्न लागिएको हो । उनीहरुलाई जनही दश हजारसहित सम्मान गर्न लागिएको आयोजकले जनाएको छ ।. गत फागुन माघ २२ गतेदेखी फागुन ४ गतेसम्म भारतमा भएको सागमा नेपालले ३ वटा स्वर्ण पदक जितेको थियो । नेपालले पुरुष फुटवल, नेपालकी उसु खेलाडी निमा घर्तीमगर र जुडोमा फूपू ल्हृयामु खत्रीले स्वर्ण पदक जितेका थिए ।. पत्रकार सम्मेलनमा बोल्दै क्लवका अध्यक्ष बिरभद्र आचार्यले स्वर्ण पदक बिजेता खेलाडीहरुलाई बिजयोत्सव र्याली निकालेर अभिनन्दन गरिनुका साथै पोखरा रंगशालामा विशेष कार्यक्रम गरेर सम्मान गरिने बताए ।. उनका अनुसार पोखराका सम्पूर्ण संघसंस्थाहरुको सहभागितामा चिप्लेढुङ्गाबाट खेलाडीहरुलाई खुल्ला भ्यानमा राखेर विभिन्न सांस्कृतिक झाँकी र पञ्चेबाजासहित बिजयोत्सव र्याली शुरु गरिनेछ ।. राष्ट्रिय खेलकुद परिषद ९राखेप०का सदस्य फत्तबहादुर गुरुङले सम्मानले खेलाडीको मनोवल उच्च बनाउने बताए ।.
सागका स्वर्ण बिजेता खेलाडी पोखरामा
पोखरा , २ चैत ।

१२औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई पोखरामा सम्मानित हुने भएका छन् । सहारा क्लव पोखराको आयोजना तथा पोखराका विभिन्न संघसंस्थाको सहकार्यमा आगामी शनिबार उनीहरुलाई नगदसहित सम्मान गर्न लागिएको हो । उनीहरुलाई जनही दश हजारसहित सम्मान गर्न लागिएको आयोजकले जनाएको छ ।
गत फागुन माघ २२ गतेदेखी फागुन ४ गतेसम्म भारतमा भएको सागमा नेपालले ३ वटा स्वर्ण पदक जितेको थियो । नेपालले पुरुष फुटवल, नेपालकी उसु खेलाडी निमा घर्तीमगर र जुडोमा फूपू ल्हृयामु खत्रीले स्वर्ण पदक जितेका थिए ।
पत्रकार सम्मेलनमा बोल्दै क्लवका अध्यक्ष बिरभद्र आचार्यले स्वर्ण पदक बिजेता खेलाडीहरुलाई बिजयोत्सव र्याली निकालेर अभिनन्दन गरिनुका साथै पोखरा रंगशालामा विशेष कार्यक्रम गरेर सम्मान गरिने बताए ।
उनका अनुसार पोखराका सम्पूर्ण संघसंस्थाहरुको सहभागितामा चिप्लेढुङ्गाबाट खेलाडीहरुलाई खुल्ला भ्यानमा राखेर विभिन्न सांस्कृतिक झाँकी र पञ्चेबाजासहित बिजयोत्सव र्याली शुरु गरिनेछ ।
राष्ट्रिय खेलकुद परिषद ९राखेप०का सदस्य फत्तबहादुर गुरुङले सम्मानले खेलाडीको मनोवल उच्च बनाउने बताए ।