बंगलादेशमा सरकारविरूद्व आन्दोलन : जताततै बम विष्फाेट र आगजनी
बंगलादेशको राजधानी ढाकालगायत विभिन्न स्थानमा आगजनी र बम बिस्फोट भएको छ । यसअघिका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको चटगाउँस्थित घर र उनीसँग सम्बन्धित ग्रामीण बैंकका विभिन्न शाखामा आगो लगाइएको छ ।
विशेषगरी ढाका,सिलहट,राजशाही, बारीसाल र फरिदपुरमा आगजनीका घटना धेरै भएको बताइन्छ । त्यसैगरी राजधानीमा अवामी लिगका दुई नेताको घरमा बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी) का कार्यकर्ताले आगो लगाएका छन् ।
हालसम्म दुई जनाको मृत्यु र आधा दर्जन घाइते भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
दुई वर्षअघि सत्ताच्युत गराइएपछि भारतमा निर्वासित अवामी लिगकी नेतृ तथा पूर्वप्रधानमन्त्री शेख हसिना आगामी डिसेम्बरमा स्वदेश फर्कने घोषणासँगै उक्त घटना भएको हो । उनीमाथि मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा विशेष न्यायाधिकरणले एकपक्षीय मृत्युदण्डको सजाय सुनाइसकेको छ । उनको पार्टीले लकडाउन आह्वान गरेपछि पछिल्लो घटना भएको हो । तस्बिर : फाईल फाेटाे





