विश्व सम्मेलनमा सहभागी हुन नेकपा संयाेजक प्रचण्ड रुस प्रस्थान

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्व सम्मेलनमा सहभागी हुन शुक्रबार रुस प्रस्थान गर्नुभएको छ ।

अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म आयोजना हुने ‘फर द फ्रिडम अफ नेसन्स’ (राष्ट्रहरूको स्वतन्त्रताका लागि) विषयक विश्व सम्मेलनमा सहभागी हुन उनी रुस जानुभएको हाे ।

भ्रमणमा स्वकिय सचिव गाेविन्द आचार्य सहभागी रेका छन् ।

सम्मेलनमा विभिन्न देशका राजनीतिक दलका प्रतिनिधि तथा नेताहरूको सहभागिता रहने जनाइएको छ।