घाेप्टेभीर पहिराेमा एकतर्फी खुला, सडक सुचारू
पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग अहिले एकतर्फी सञ्चालनमा आएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा खसेको पहिरो पन्छाएपछि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
आइतबार, सोमबार र मङ्गलबार लगातार खसेको सुक्खा पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको यस सडकखण्डमा म्याद तोकेरै पहिरो पन्छाएपछि मङ्गलबार दिउँसो १ः४० बजेदेखि यातायात एकतर्फी रूपमा सुचारु गराइएको थियो ।





