आज पनि केही भुभागमा वर्षाकाे सम्भावना

मूलखबर संवाददाता
काठमाडौं, २६ कात्तिक

आज पनि देशका केही स्थानमा वर्षाको सम्भावना छ। नेपाल मौसम विज्ञान विभागले नेपालमा माथिल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण वर्षाको सम्भावना रहेको जनाएको हाे।

विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

विभागले राति हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने बताएको छ। तराई क्षेत्रमा मौसम सफा रहने पूर्वानुमान छ। गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ।

तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु÷कुहिरो लाग्ने पूर्वानुमान रहेको विभागले बताएको छ। नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युनचापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको हो।

अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।