भिमफेदी ईभी माइक्रो दुर्घटना : मृत्यु हुनेकाे संख्या १४ पुग्याे
मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको ईभी गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
त्यस्तै, उक्त दुर्घटनामा परेर ६ जना घाइते भएको सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । दुर्घटनामा परेको ईभी गाडीमा चालकसहित २० जना सवार रहेको उनले बताए ।
दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये ११ जनाको शव हेटौंडा अस्पतालमा ल्याइएको थियो भने थप तीन जनाको शव दुर्घटनास्थलबाट केहीबेर अघि फेला परेको डीएसपी थापाले बताए ।





