भिमफेदी ईभी माइक्रो दुर्घटनाप्रति प्रचण्डद्वारा दुख व्यक्त
मकवानपुरको भीमफेदीमा भएको ईभी माईक्रो दुर्घटनाप्रति नेकपा संयाेजक पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन् ।
पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले एक सन्देश जारी गर्दै दुर्घटनाकाे खबरले स्तब्ध बनाएकाे बताएका छन् ।
सन्देशमा भनिएको छ- भिमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको दुःखद सवारी दुर्घटनामा परी १० जना यात्रुको निधन भएको र केही यात्रु घाइते भएको खबरले स्तब्ध र मर्माहत बनाएको छ।
दुर्घटनामा परी ज्यान गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।
साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँहरूको प्रभावकारी उपचार तथा आवश्यक सहयोगको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्दछु।





