लक्ष्मीपुजामा झिलिमिलि काठमाडौं, कसरी गए अँध्यारा दिन ?

मूलखबर संवाददाता
काठमाडौं

लक्ष्मी पुजाकाे दिन काठमाडौं उपत्यका झिलिमिलि देखियाे । आजभन्दा १० वर्ष अगाडिसम्म दैनिक १८ घण्टा लाेडसेडिङकाे अँध्यारोमा बस्न विवस काठमाडौं तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वकाे सरकारले लाेडसेडिङ मुक्त बनाएकाे थियाे ।

prachanda speaking at samsad

तत्कालीन उर्जामन्त्री जनार्दन शर्मा र प्रधिकरण प्रमुख जनार्दन शर्मा रहेका बेला पहिलोपटक लक्ष्मी पुजाकै दिन लाेडसेडिङ हटेकाे थियाे ।

अँध्यारोबाट उज्यालोसम्मको दस वर्ष : अब विद्युत्लाई आर्थिक समृद्धिको आधार बनाऔँ !

२०७३ सालअघि नेपालमा दैनिक १८ घण्टासम्म लोडसेडिङ बेहोर्नुपर्ने बाध्यता थियो। उज्यालोको पर्व तिहारसमेत अन्धकारमा मनाउनुपर्थ्यो। त्यतिबेला नेपालको विद्युत् उत्पादन क्षमता करिब ८०० मेगावाट थियो भने हिउँदमा उत्पादन घटेर करिब ३०० मेगावाटमा सीमित हुन्थ्यो।

२०७३ सालको लक्ष्मीपूजाका दिनदेखि हामीले लोडसेडिङ अन्त्य गर्ने ऐतिहासिक अभियान सुरु गर्‍यौँ। दृढ इच्छाशक्ति, कुशल व्यवस्थापन, सामूहिक मेहनत र आमनागरिकको साथ तथा विश्वासले असम्भवजस्तै देखिएको काम सम्भव बनायौँ।

नेपालमा जलविद्युत् उत्पादन सुरु भएको १०५ वर्षमा अर्थात् २०७३ सालसम्म विद्युत् उत्पादन क्षमता करिब ८०० मेगावाट पुगेको थियो। तर त्यसपछिका १० वर्षमै जलविद्युत् र सौर्य ऊर्जासहित नेपालको कुल विद्युत् उत्पादन क्षमता बढेर करिब ४,२०० मेगावाट पुगेको छ। अहिले थप करिब ७ हजारदेखि ८ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरू विभिन्न चरणमा निर्माणाधीन छन्। यो नेपालको ऊर्जा क्षेत्रमा आएको ऐतिहासिक रूपान्तरण हो।

हिजो लोडसेडिङको अन्धकारमा रहेको नेपाल आज भारत र बंगलादेशसम्म विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको छ। यो हामी सबै नेपालीका लागि गर्वको उपलब्धि हो।

तर, यस वर्षको लक्ष्मीपूजाको उच्च मागको समयमा समेत करिब ५०० मेगावाट विद्युत् भारततर्फ निर्यात गर्दा थप करिब ५०० मेगावाट विद्युत् खेर जाने अवस्था आयो। त्यस्तै, राति र दिउँसोको न्यून मागको समयमा निर्यातपछि पनि १,००० मेगावाटभन्दा बढी विद्युत् खेर जाने अवस्था देखियो।अझ भोटेकोशी बाढीको कारणले करिव ५०० मेगावाट जलविधुत उत्पादन केन्द्रहरु वन्द अवस्थामा रहेका छन् ।

हिजो विद्युत् अभाव हाम्रो प्रमुख चुनौती थियो, आज उत्पादित विद्युत्को अधिकतम उपयोग र निर्यात सुनिश्चित गर्नु हाम्रो मुख्य चुनौती बनेको छ।

भारततर्फ विद्युत् निर्यात गर्न आवश्यक आयोजनागत स्वीकृति समयमै प्राप्त हुन नसक्दा ठूलो परिमाणको विद्युत् खेर जाने अवस्था आउनु र देशले करोडौँ रुपैयाँको सम्भावित आम्दानी गुमाउनुपर्ने स्थिति सिर्जना हुनु चिन्ताको विषय हो।

यसतर्फ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको वर्तमान नेतृत्वले विशेष ध्यान दिन आवश्यक छ। भारतबाट विद्युत् निर्यातका लागि आवश्यक आयोजनागत सहमति र स्वीकृति समयमै प्राप्त गर्न प्रभावकारी पहल, समन्वय र व्यवस्थापन सुनिश्चित गर्नुपर्छ। साथै, निर्यात बजार विस्तार गर्ने र स्वदेशमै विद्युत् खपत बढाउने कामलाई उच्च प्राथमिकतामा राख्नुपर्छ।

आगामी वर्षहरूमा थप हजारौँ मेगावाट विद्युत् उत्पादन हुने भएकाले अहिलेदेखि नै आन्तरिक खपत विस्तार, निर्यात बजारको सुनिश्चितता र आवश्यक प्रसारण पूर्वाधार विकासमा योजनाबद्ध ढंगले अघि बढ्नु अपरिहार्य छ।

हिजो हामीले लोडसेडिङको अँध्यारो हटायौँ। अब उत्पादित विद्युत्को एक–एक युनिटलाई देशको आम्दानी, रोजगारी र आर्थिक समृद्धिमा रूपान्तरण गर्नुपर्छ।

दस वर्षमा हासिल भएको ऐतिहासिक उपलब्धिलाई अझ उचाइमा पुर्‍याउन सबैको सामूहिक प्रयास, जिम्मेवारीबोध र प्रतिबद्धता आवश्यक छ।

हामीले अँध्यारोलाई उज्यालोमा बदल्यौँ। अब त्यो उज्यालोलाई आर्थिक समृद्धिमा बदल्ने समय आएको छ। कुलमान घिसिङले फेसबुकमा लेखेका छन् ।