९ घण्टापछि बल्ल खुल्याे पृथ्वी राजमार्ग
पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकखण्ड ९ घण्टापछि सञ्चालनमा आएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खसेपछि अवरुद्ध सडक खण्डक सवा दुई बजेदेखि सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।
बिहान करिब ५:०० बजे सडक माथिबाट सुक्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको थियाे ।
प्रहरी र सडक डिभिजन कार्यालयको पहलमा पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिएको थियाे ।





