घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध

मूलखबर संवाददाता
चितवन, २३ कात्तिक

चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा आज बिहान सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार बिहान करिब ५:०० बजे सडक माथिबाट सुक्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो ।

प्रहरी र सडक डिभिजन कार्यालयको पहलमा पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनले बताए।

पहिरो हटाएर सडक खुलाउन एकदेखि दुई घण्टा लाग्ने अनुमान गरिएको भएपनि अहिले विहान ९ बज्दा समेत पहिराेकाे एक तिहाइ भाग समेत हटाउन सकिएकाे छैन । घटनास्थलमा ३ वटा डाेजर र स्काभेटरले काम गरिरहेका छन्। यहि गतिमा काम भएमा सडक पूर्णा रूपमा सुचारू हुन अाज दिनभर लाग्न सक्ने देखिएकाे छ ।