भाेटेकाेशी बाढीकाे २१ दिनमा चिलिमे सुरूङमा ५ जना मृत भेटिए

मूलखबर संवाददाता
काठमाडौं, ३१ भदौ

भाेटेकाेशीमा बाढी आएकाे २१ दिनमाचिलिमे जलविद्युत् आयोजनाको पावर हाउस नजिक ट्रलीले ब्रेकथ्रु गरेपछि पाँच जनाको शव फेला परेको छ ।

नेपाली सेनाका अनुसार बाढीपहिरोपछि सुरुङभित्र बेपत्ता भएकाहरूको खोजीका क्रममा उद्धार टोलीले पाँच जनाको शव भेटाएको हो । फेला परेका शवको पहिचान तथा अन्य विवरण खुल्न बाँकी रहेको सेनाले जनाएको छ ।

१० भदौमा आएको भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । त्यसलगत्तै सुरक्षाकर्मीले खोज, उद्धार जारी राखेका छन् ।