राष्ट्रिय सभा अध्यक्ष र सभामुखबीच भेट
सम्माननीय सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालबीच आज भेटवार्ता भएको छ। सिंहदरबारस्थित सभामुखज्यूको कार्यकक्षमा उहाँहरुको भेट भएको हो।
भेटमा संघीय संसदलाई अझ व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री बनाउन गर्न सकिने काम, डिजिटल संसदको सन्दर्भ, चालु अधिवेशनका कामकारबाहीको समीक्षा र अधिवेशन अन्त्य लगायतका विषयमा कुराकानी भएको दाहालकाे सचिवालयले जनाएको छ ।



