आ यी नदीमा बाढीको जोखिम, यस्तो छ बाढी पूर्वानुमान

मूलखबर संवाददाता
काठमाडौं, ३० भदाै

बाढी पूर्वानुमान महाशाखाले मंगलबार जारी बुलेटिन अनुसार बिहानको मापनमा कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र तिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तह भन्दा तल रहेको छ।

महाशाखाका अनुसार भदौ ३० देखि असोज १ गतेसम्म तीन दिन देशका प्रमुख नदीहरूमा जलसतह बढ्ने अनुमान छ।

आगामी तीन दिन कोशी, नारायणी र महाकाली नदी तथा तिनका मुख्य सहायक नदीहरूमा जलसतह ‘उल्लेख्य बढ्ने’ पूर्वानुमान छ। कर्णाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदी तथा तिनका सहायक नदीहरूमा जलसतह ‘सामान्य बढ्ने’ अनुमान गरिएको छ।