मन्त्रिपरिषद निर्णय : हप्ताको २ दिन सार्वजनिक विदा

मूलखबर संवाददाता
काठमाडौं, २२ चैत

सरकारले अबदेखि हप्ताको २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आज बसेकाे मन्त्रिपरिषद बैठकले साे निर्णय गरेको सरकारबा प्रवक्ताले बताएका छन् ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारीलाई जानकारी दिए अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू बुँदागत रूपमा:

१. सरकारी कार्यालय र सबै शैक्षिक संस्थामा सातामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय (चैत २३ गतेदेखि लागू)

२. डिजिटल नेपाल ट्रान्सफरमेसन परियोजनाका लागि एडीबी र विश्व बैंकबाट ९० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने

३. दिगो तथा समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट ९५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने

४. सबै मन्त्रालय, आयोग र मातहत निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) गर्न पूर्व स्वीकृति दिने

५. राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा स्वीकृत गर्ने

६. डिजेल तथा पेट्रोलियम गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने

७. आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय