समानुपातिकतर्फ एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना, कसले कति पाए ?
समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ ।
यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान ५ः५० सम्मको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४९ लाख २९ हजार ८५० मत प्राप्त गरेको छ ।
निर्वाचन आयोगका अनुसार निर्वाचनमा
राष्ट्रिय स्वतन्त्र पार्टीले ४९ लाख २९ हजार ८५०,
नेपाली कांग्रेसले १६ लाख ६७ हजार ७३३,
नेकपा (एमाले)ले १३ लाख ८५ हजार ७३०,
नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ४८ हजार ८१६,
श्रम संस्कृति पार्टीले ३ लाख ४६ हजार ७८६,
राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २२ हजार २२ मत प्राप्त गरेको छ । मतगणना जारी छ ।




