धादिङ बेनिघाटमा बस दुर्घटनामा ३ विदेशीसहित १९ काे मृत्यु
धादिङमा आइतवार मध्यरातपछि भएको यात्रुवाहक बस दुर्घटनामा विदेशी नागरिकसहित १९ जनाको मृत्यु भएको छ ।
धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार पोखराबाट काठमाडाैं गइरहेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पर्ने सडकबाट त्रिशूली नदीको किनारमा खसेको थियो।
नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेका अनुसार घटनास्थलमा १७ जनाको मृत्यु भएको थियो भने उपचारका क्रममा थप दुई जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या १९ पुगेको छ।




