आजको लागि विदेशी मुद्राकाे विनिमय दर निर्धारण

मूलखबर संवाददाता
काठमाडौं, ३ फागुन

नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको मूल्य स्थिर देखिएको छ। यसको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा तोकिएको छ । शनिबार पनि यही मूल्यमा कारोबार भएको थियो।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९७ रुपैयाँ ७७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८१ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९६ पैसा तोकिएको छ ।