कांग्रेसले चुनावी प्रतिज्ञापत्र आइतबार सार्वजनिक गर्ने
नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्र आइतबार सार्वजनिक गर्ने भएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आइतबार दिउँसो २ बजे प्रतिज्ञापत्र सार्वजनिक गर्ने कांग्रेस प्रवक्ता एवं केन्द्रीय प्रचारप्रसार समितिका संयोजक देवराज चालिसेले जानकारी दिए।
चालिसेका अनुसार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम आयोजना गरिएको छ।
निर्वाचन आयोगले आइतबार (फागुन ३ गते)भित्र चुनावी घोषणापत्र सार्वजनिक गरी पेस गर्न दल र उम्मेदवारहरूलाई निर्देशन दिएको छ।




