नेप्से परिसुचक १२ अंकले घट्याे, कति भयाे काराेबार
शेयर काराेबारकाे परिसूचक नेप्सेमा मंगलबार साढे १२ अंकले गिरावट आएको छ । साेमबार झिनो अंकले बढेर बन्द भएको नेप्से मंगलबार १२.५८ अंकले घटेको हो ।
सोमबारको तुलनामा ०.४६ प्रतिशतले घटेपछि मंगलबार समग्र नेप्से २ हजार ६ सय ८३.१५ अंकमा ओर्लेको छ ।
कारोबारमा आएकामध्ये ६६ कम्पनीको सेयर मूल्य बढ्यो, १९० कम्पनीको मूल्य घट्यो । र बाँकी ३ कम्पनीको स्थिर रहयो ।
मंगलबार कुल ९२ हजार ३ सय ३८ पटकको सेयर किनबेचमा १ करोड ८७ लाख ३ हजार १ सय ८३ कित्ता सेयर किनबेच भए ।




