भरतपुर महानगरकाे प्रशासकिय भवन प्रचण्डद्वारा उद्घाटन
भरतपुर महानगरपालिकाकाे नवनिर्मित वहुद्वेशीय प्रशासनिक भवनकाे उदघाटन गरिएको छ । पुर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले साे भवनकाे एक कार्यक्रमका बीच शुक्रबार उद्घाटन गर्नुभएको हाे ।
भरतपुर महानगरपालिकामा मेयरबाे रूपमा निर्वाचित भएपथि रेणु दाहालकाे नेतृत्वमा साे भवन ४५ कराेड लागतमा निर्माण सम्पन्न भएको थियाे । याे भवन नेपालकाे स्थानिय तहमध्ये सबैभन्दा ठुलाे र आकर्षक एवम् बहुउद्देश्यीय भवन रहेकाे बताइएको छ ।




