भिमफेदी सुमाे दुर्घटनामा ज्यान गुमाउने ६ पुगे (नामावलीसहित)

मूलखबर संवाददाता
काठमाडौं, २१ पुस

आईतबार साझ काठमाडौंबाट हेटौंडा आउँदै गरेको ना१ज १७७८ नम्बरको टाटासुमाे भीमफेदीकाे जुरिखेतमा दुर्घटना हुँदा ज्यान गुमाउने ६ जना पुगेका छन्काे । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मृतककाे विवरण सार्वजनिक गरेको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेमा:-
१. भारत बिहार राज्य पटना बस्ने बर्ष अं.४२ को रजनिस कुमार ।
२.हेटौडा-४ कमलडाँडा बस्ने बर्ष अं.४० की सबिता लम्साल
३. हेटौडा-२ कान्तिराजपथ बस्ने बर्ष अं.२९ को निखिल अग्रवाल।
४. भारत बिहार राज्य बेगुसराई बस्ने अं.बर्ष ४९/५० को अरबिन्द कुमार ।
५. तत्काल नाम थर वतन नखुलेको अं.बर्ष ३५/३६ को पुरुष व्यक्ति ।
६. तत्काल नाम थर वतन नखुलेको अं.बर्ष ४० को पुरुष व्यक्ति