म यसपटक चुनाव लड्दिनँ, युवाहरूलाई अगाडि बढाओैं- पम्फा भुसाल
नेपाली कम्युनिस्ट पार्टीका नेतृ तथा पुर्व मन्त्री पम्फा भुषालले आफु आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक कुनै पनि प्रक्रियाबाट उमेदवार नबन्ने घाेषणा गरेकी छिन् ।
पार्टीले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालौबाट उमेदवार छनाैटकाे प्रक्रिया अगाडि बढाइरहेको बेला उनलेे सामाजिक सञ्जालबाट साे जानकारी दिएकी हुन् ।
उनलेे आफु यस अघि उपत्यकाबाट प्रत्यक्ष निर्वाचनमार्फत सांसद र मन्त्रीसमेत भएकाले यसपटक उमेदवाारनबन्ने घाेषणा गरेकी हुन् ।
उनलेे आफुलाई उमेदवार बनाउन सिफारिस गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । उनलेे आफु निर्वाचन नलड्ने र निर्वाचन लडेका पार्टीका उमेदवारहरूलाई सहयाेग गर्ने बताएकी छिन् ।
यस्तो छ उनकाे भनाइ–
फागुन २१ मा हुने निर्बाचनमा मलाई प्रत्यक्ष र समानुपातिक उम्मेदवारका रूपमा ललितपुरसहित देशका विभिन्न क्षेत्रबाट आएको प्रस्तावलाई मैले स्वीकार गरिन । प्रस्ताव गर्ने सबै साथीहरूलाई हार्दिक धन्यवाद !
तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष चुनाव जितेको म एक्ली महिला उम्मेदवार हुँ । त्यसमाथि पनि काठमाडौं उपत्यका जस्तो जटिल निर्वाचन क्षेत्रमा उठेर जित्नु फलाम चीउरा चपाउनु जस्तै हो । आगामी निर्वाचनमा उठनेबारे देशभरिका साथीहरूबाट जिज्ञासा आइरहेका छन ।
यसपटक म प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेकी छु । म पहिले नै दुई पटक प्रत्यक्ष निर्वाचन जितिसकेको छु र पटकपटक मन्त्री भएर काम गर्ने अवसर पनि पाइसकेको छु । अब त्यो राजनीतिक अनुभव र सिकाइ पार्टीभित्र संस्थागत रूपमा उपयोग गर्नुपर्छ भन्ने मेरो ठम्याइ छ ।
यसपटक पार्टीले उठाएका उम्मेदवारहरूलाई जिताउन म सक्रिय भूमिका निर्वाह गर्नेछु । साथै, अहिलेसम्म अवसर नपाएका तर सक्षम, प्रतिबद्ध र ऊर्जाशील युवाहरूलाई प्रत्यक्ष र समानुपातिक दुवै प्रक्रियामा अगाडि ल्याइनुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ । त्यसैले अपवाद बाहेक यसपटक पहिला अवसर पाइसकेकाहरूले प्रत्यक्ष वा समानुपातिक निर्वाचनमा उम्मेदवारी नदिनु उपयुक्त हुन्छ भन्ने मेरो मत रहेको छ ।




