सरकारी टाेलीद्वारा जेनजी आन्दोलनमा ध्वस्त दलका कार्यलयकाे अवलोकन र भेटवार्ता
नेपाल सरकारकाे एक टाेलीले आज भदौ २४ गते आगजनी र लुटपाटमा ध्वस्त बनेका राजनीतिक दलका कार्यलयहरूकाे स्थलगत अवलाेकन गरेको छ ।
जेन जी आन्दोलनमा ध्वस्त बनाइएका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी ( साविक नेकपा माओवादी केन्द्र )का कार्यलयहरूकाे अवलोकन गरेको हाे ।
अवलोकनमा नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री माननीय जगदीश खरेल, कानुन मन्त्री अनिल कुमार सिन्हा र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजय भद्र खनाल सहभागी रहेका थिए । उनीहरूले भदौ २४ गते भएको आगलागीका कारण नेपाली कम्युनिष्ट पार्टीको कार्यालयमा पुगेको क्षतिको अनुगमन गर्नुका साथै पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत भेटवार्ता गरेेका नेपाली कम्युनिस्ट पार्टीकाे केन्द्रीय कार्यलयले जनाएको छ । साे अवसरमा नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनसमेत उपस्थित थिए ।




