अन्ततः ३ कराेड ७४ लाख धराैटी बुझाएर छुटे रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज थुनामुक्त भएका छन् । पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले आज बुटबल अदालतमा विगतकाे कुल तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ रकम बुझाएर छुटेका छन्।
यसअघि जेनजी आन्दोलनको बेला गत भदौ २४ गते नख्खु जेल ताेडेर अन्य कैदी बन्दीसँगै रिहा भएका लामिछानेले पछि आफैं जेलमा फर्किएका थिए ।
शुक्रबार भैरहवास्थित जिल्ला अदालत रूपन्देहीमा तीन करोड ७४ लाख ८४ हजार बराबरको बैंक जमानत बुझाएर छुटेको सूचना अधिकारी पदम अर्यालले जानकारी दिए।
बिहीबार उच्च अदालत तुलसीपुरको बुटवलका न्यायाधीशहरू वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रवि लामिछानेलाई छाड्न आदेश दिएको थियो। छाड्न आदेश गर्दा इजलासले शर्त पनि राखेको थियो।
रवि लामिछानेले अदालतबाट छुटिपाउन दिएको निवेदनमा आफ्नो भागमा पर्ने दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो बराबरको रकम बुझाउने भनेका थिए। उक्त रकमलाई उच्च अदालतले स्वीकार गरी रविलाई छाड्ने आदेश गरेको हो।
यसअघि गत माघ १३ गते जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले रविलाई पुर्पक्षका लागि एक करोड रुपैयाँमा छाड्न आदेश गरेको थियो। उक्त एक करोड रुपैयाँ धरौटी पनि बुझाउन आदेश उच्च अदालतले गरेको हो।




