एमाले महाधिवेशन : २२ घण्टामा सकियाे मतदान, २२२७ मत खस्याे, ३६ अनुपस्थित
नेकपा एमालेकाे जारी महाधिवेशनमा नयाँ नेतृत्वको लागि भएको मतदान प्रक्रिया सकिएकाे छ । बुधबार विहान शुरू भएको मतदान २२ घण्टापछि बिहिबार बिहान सकिएकाे हाे ।
मतदानमा ३६ जना प्रतिनिधि उपस्थित भएनन् । महाधिवेशनमा सहभागी कुल २२६३ मतदाता मध्ये २२२७ ले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।
नयाँ नेतृत्वको लागि भएकाे मतदानमा केपी ओली र इश्वर पाेखरेलकाे दुई फरक प्यानल मैदानमा छन् ।




