एमालेमा दुई प्यानल, कुन पदमा काे काे बने उमेदवार ? (नामावलीसहित)

मूलखबर संवाददाता
काठमाडौं, १ पुस

नेकपा एमालेकाे जारी ११ ओैं महाधिवेशनमा नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदैछ  । महाधिवेशनकाे दाेस्राे दिन साेमबार उमेदवार मनाेनयन गरिएको छ । सहमतिमा नेतृत्व चयन हुन सक्ने अवस्था नभएपछि निर्वाचनमार्फत नेतृत्व चयन गर्न लागिएको हाे ।

निर्वाचनको लागि दुईवटा समानान्तर प्यानल नै खडा भएका छन् । अध्यक्षमा केपी ओली र इश्वर पाेखरेलकाे दुई छुट्टै प्यानल खडा भएका छन् । केपी पक्षबाट महासचिवमा शंकर पाेखरेल र इश्वर प्यानलबाट सुरेन्द्र पाण्डेले महासचिवमा उमेदवार दिएका छन् ।

उमेदवार मनाेनयन सकिँदा कुन पदमा काे उमेदवार बनेका छन् हेराैं । –