यस्तो एकता पहिले कहिल्यै भएको थिएन : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको एकताकाे महत्त्वपूर्ण परिघटना देखिएकाे बताएका छन्।
कर्णाली प्रदेशको सुर्खेतमा शनिबार नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले यसपटक १६ वामपन्थी घटकहरूबीच एकता भएको भन्दै यस्ताे पहिले कहिल्यै नभएको बताए । उनले भने- पहिलेपहिले एकदुई, तिनवटा चारवटासम्म पार्टी एकता भएका थिए तर १६ वटा पार्टीबीच एकता भयाे ।
उनले कर्णाली र सुदूरपश्चिममा नेपाली कम्युनिस्ट पार्टी सबैभन्दा ठूलो पाटी बन्ने दाबी समेत गरे। उनले भने, ‘हामीले विगतमा पार्टी एकताको लागि कार्यकर्ताहरूबाट सुझाव संकलन पनि गरेका थियौँ। त्यति बेला पार्टी एकता गरेर जाने हो भने सुदूर र कर्णालीमा सबैभन्दा ठूलो पार्टी बन्छ भनेर भनेका थिए। त्यसैले हामीले सुदूरबाट सुरुवात गरेको सन्देश सद्भाव बागमती बाहेक अन्त सकेर कर्णालीमा सभा गरेका हाैं ।




