एमाले महाधिवेशन : मनोनीत १०८ प्रतिनिधिहरुको नाम टुंगियाे, विवाद कायमै

मूलखबर संवाददाता
काठमाडौं, २७ मंसिर

नेकपा एमालेले ११औं महाधिवेशनमा मनोनीत १०८ प्रतिनिधिहरुको टुंगो लगाएको छ । केन्द्रीय सचिवालय बैठकमा शुक्रबार विवादबीच प्रतिनिधिहरुलाई मनोनयन गरिएको हो ।

वरिष्ठ उपाध्यक्ष इश्वर पोखेलको असहमतिका बाबजुद प्रतिनिधको मनोनित गरिएको बताइएको छ । मनाेनित गरिएकाहरुमा डाेल्मा तामाङ, पूर्व राजदूत अन्जान शाक्य, वित्त विभागका लोकबहादुर भण्डारी, विजुला रायमाझी, भेषराज अधिकारी,  राष्ट्रियसभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिम्सिना,  काठमाडौं महानगर उपमेयर सुनिता डंगोल, पूर्व सांसद दामोदर भण्डारी, नवराज महतारा, एलिजा गाैतम, भक्तपुर पार्टी अध्यक्ष बचन देउजा रहेका छन् ।

त्यसैगरी ललितपुर अध्यक्ष पुरुषोत्तम आचार्या, काठमाडौं अध्यक्ष दीपक निरौला, नेपाल निर्माण उद्योग परिषद् अध्यक्ष बलिभद्र राणा, अखिलका निलम्बित, अध्यक्ष सुजन कडरिया, प्रेस चौतारीकी पत्रकार लोग्सरी कुँवर, साेभियत ढकाल, मन्जली शाक्य, सरस्वती सुब्बा, राजेन्द्र घिमिरेलगायत छन् ।

शुक्रबारको सचिवालय बैठकमा १०८ जना प्रतिनिधिहरु अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष पोखरेल बसेर टुंगो लगाउने सहमति भएको थियो ।

तर उक्त सहमति विपरीत एकलौटी ढंगले सूची प्रकाशित गरिएको कमरेड भन्दै पोखरेलले आपत्ति जनाएका हुन् । आज प्रकाशित सूची शुक्रबारको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेका नामहरु हुन् । पोखरेलले ओलीको भन्दा फरक सूची पेश गरेका थिए ।