काभ्रेका तिन पालिकाकाे समन्वयात्मक बैठक, के के भए ४ निर्णय ?

मूलखबर संवाददाता
काभ्रे, २१ मंसिर

काभ्रेका तीन पालिकाको समन्वय बैठक सम्पन्न भएको छ । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा बसेको बैठकमा महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ, रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइवा, प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगीको उपस्थितिमा भएको बैठकले जनमुक्ति लोक मार्ग निर्माण कार्यलाई तिव्रता दिन वागमती प्रदेश सरकारलाई आग्रह गर्ने सहित ४ वटा निर्णय गरेको छ ।

बैठकमा जनमुक्ति लोक मार्ग अन्तर्गत ठेक्का आह्वान भइसकेका सडकखण्ड र पुल निर्माण आयोजनाहरुको समिक्षा गरिएको छ । साथै निर्माण कार्यमा भएको ढिलाई प्रति गम्भीर हुँदै निर्माण कार्यलाई समयमै निर्माण सम्पन्न गर्न अनुरोध गर्ने निर्णय भएको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए ।

जनमुक्ति लोक मार्ग अन्तर्गत रजवास–चारकिल्ला–तीनखुट्टे सडक खण्ड, तीनखुट्टे देविटार सडकखण्ड, देवीटार सोलाभञ्ज्याङ सडक खण्ड र तालढुङगा–भोर्लेनी सडकखण्ड निर्माणका लागि ठेक्का अह्वान भएको छ । यद्यपी सडक निर्माण कार्य भने अत्यन्तै सुस्त देखिएको निष्कर्षसहित तीन पालिकाले वागमती प्रदेश सरकारलाई समयमै निर्माण सम्पन्न गर्न आग्रह गर्ने निर्णय बैठकले गरेक हुन् । अक्त आयोजना अन्तर्गत तीनखुट्टे पुल, बनखु खोलाको देवीटार पुल, आाकुरा दोभान पुल र वागमती नदीको सिक्रेदोभान पुल वर्षौदेखि अलपत्र रहेका छन् ।

जनमुक्ति लोक मार्ग अन्तर्गत पिन्थली–रजबास–भुमेचुली सडकखण्ड, छोटेसहान–तालढुङ्गा–भोर्लेनी सडक खण्डको ठेक्का हुनै बाँकी छ । ठेक्का हुन बाँकी सडक खण्ड र पुलहरुको लागि आवश्यक बजेट व्यवस्था गरी तत्काल ठेक्का आह्वान गर्न समेत तीन पालिकाको माग छ ।