कांग्रेस पनि संसद पुनःस्थापनाकाे माग गर्दै सर्वोच्चमा

मूलखबर संवाददाता
काठमाडौं, २१ मंसिर

प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेस जेनजी आन्दोलन पछि विघटनमा परेको  प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालत गएको छ ।

कांग्रेसले वारेसमार्फत पूर्वमहान्यायाधिवक्ता खम्म खातीलाई संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्च पठाइएको प्रमुख सचेतक श्याम घिमिरेले बताएका छन् ।

नेकपा एमाले अध्यक्ष केपी ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवाले भेट गरेपछि कांग्रेस अदालत जाने निर्णय गरेको थियाे ।

यस अघि नेकपा एमाले पुनस्र्थापनााकाे माग गर्दै सर्वोच्च गएको थियाे तर सर्वोच्चले अन्तरिम आदेश नदिई कारण देखाउ आदेश दिएको थियाे ।