एनपिएल : चितवन राइनाेजविरूद्व पाेखरा एभेन्जरकाे जित

मूलखबर संवाददाता
काठमाडौं, २० मंसिर

राजधानी काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले चितवन राइनोजमाथि आठ विकेटको सहज जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदानमा शनिबार साँझ भएको लिग चरणको आफ्नो अन्तिम खेलमा जितका लागि एक सय २१ रनको समान्य लक्ष्य पोखराले १९.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।