एमालेका दुइतिहाइ कार्यकर्ता निराश, मतदानमा सहभागी भएनन्
एमालेको २७–२९ मंसिरमा हुने ११औं महाधिवेशनका प्रतिनिधि चयनका लागि सहमति हुन नसकेका २० जिल्लामा निर्वाचन भएको थियाे। तर मतदानमा ५० प्रतिशतभन्दा पनि कम संगठित सदस्य मात्र सहभागी भएका छन् ।
मधेशको धनुषा–२ मा १४ हजार संगठित सदस्य रहेकामा १ सय ६० मात्र मत खसेको छ । सुगम स्थल उपत्यकाको काठमाडौं र ललितपुरमा पनि ५० प्रतिशत भन्दा कम मत खसेको छ ।
लमजुङमा २५ प्रतिशत मात्रै मत खसेको थियाे । लमजुङमा एमालेको संगठित सदस्य ५ हजार ४ सय ७३ रहेकामा १ हजार ९ सय १६ मात्र मत खसेको थियो । खुलातर्फ १ हजार ६ सय ९३ र दलिततर्फ २ सय २३ मत खसेको थियो ।
तनहुँ–१ मा करिब ५० प्रतिशत तनहुँ–१ मा २ हजार ३५ मतदाता रहेकामा १ हजार एक ६६ मत खसेको छ । गोरखा–१ मा १ हजार २ सय संगठित सदस्य भए पनि ४ सय ९७ ले मात्र मतदान गरे ।
मकवानपुर–१ मा पनि एमाले महाधिवेशन प्रतिनिधि छान्न चुनाव भएको थियो । यहाँ ४ हजार १ सय ९ जना संगठित सदस्य मतदाता रहेकामा १ हजार ५ सय ४७ ले मतदान गरे ।
महोत्तरी–१ मा ६ हजार १० मतदाता रहेकामा ८ सय ९६ मात्र मत खसेको थियो । त्यस्तै क्षेत्र नम्बर ४ मा १२ हजार ८ सय ५२ सदस्यमध्ये ३ हजार ७ सय ७ ले मात्र मतदान गरेका थिए । सिरहा–१ मा ३ हजार २ सय सदस्यमध्ये १ हजार ५ सय ६२ जना मात्र मतदानमा सहभागी भए ।
ललितपुर–१ मा २ हजार ३ सय ६ संगठित सदस्यमध्ये १ हजार २ सय ८६ जनाले मात्र मतदान गरे । ललितपुर–२ मा १ हजार ५ सय ३८ सदस्य भए पनि ७ सय ६ जना मतदानमा सहभागी भए । ललितपुर–३ मा पनि संगठित सदस्यको सहभागिता आधाजसो मात्र रह्यो, १ हजार ३ सय ९८ सदस्य रहेकामा ७ सय २३ जनाले मात्र मतदान गरे ।
काठमाडौंमा निर्वाचन क्षेत्र–१० बाहेक अरूमा एमाले महाधिवेशन प्रतिनिधि छान्न चुनाव भयो ।
कर्णालीकाे रुकुम पश्चिममा मात्र एमाले महाधिवेशन प्रतिनिधि छान्न मतदान भएको थियो । रुकुम पश्चिममा संगठित सदस्य २ हजार ६५ भएकामा ३ सय ५४ जनाले मात्र मतदान गरेका थिए । यो १७ प्रतिशत मात्र सहभागिता हो ।




