बाजुराकाे मार्तडीमा आगलागी
सुदुरपश्चिमकाे बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा आगलागी भएको छ। बजारको बडिमालिका नगरपालिका- ८ मा रहेको सागर फर्निचर उद्योगमा आगलागी भएको हो।
विद्युुत सर्ट भएर आगलागी भएको प्रहरीले बताएकाे छ ।
स्थानीय र प्रहरीको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ।स्थानीय, नेपाली सेना र प्रहरीको सक्रियतामा आगो नियन्त्रण आएको छ।




