कांग्रेसकाे महाधिवेशन पुष २६ देखि २८ सम्म काठमाडौंमा हुने, यस्तो छ तालिका

मूलखबर संवाददाता
काठमाडौं, १५ मंसिर

नेपाली कांग्रेसले पुष अन्त्यमा महाधिवेशन गर्ने भएको  छ । आज बसेकाे कांग्रेस केन्द्रीय कार्यसमितिकाे बैठकले महाधिवेशनकाे कार्यतालिकासहित साे निर्णय गरेको हाे ।

महाधिवेशनकाे मितिबारे १ महिना अघि देखि निरन्तर विवाद गरिरहेकाे कांग्रेसले  पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव कांग्रेस केन्द्रीय समितिले पारित गरेको हाे । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको प्रस्ताव केन्द्रीय समितिमा सर्वसम्मत रूपमा पारित भएको हो ।

लामो रस्साकस्सीपछि कार्यबाहक सभापति खडकाले सोमबारको बैठकमा प्रस्तुत गरेको कार्यतालिका बैठकले सर्वसम्मतिले पारित गरेको थियो ।

पुस १४ गते क्रियाशील सदस्यताको सम्पूर्ण टुंगो लगाएर कार्यवाहक सभापतिलाई बुझाउने र १६ गतेदेखि अधिवेशन सुरु हुने कार्यतालिका कांग्रेस बैठकले पारित गरेको हो ।

तालिकाअनुसार पुसको १४ गते क्रियाशील सदस्यताको सम्पूर्ण प्रक्रिया टुंगो लगाएर कार्यवाहक सभापतिलाई बुझाउने मिति राखिएको छ । त्यसपछि पुस १६ गतेदेखिनै वडा तहदेखि सातै तहका अधिवेशनको तालिका तोकिएको छ ।