निर्वाचन आयाेगमा दल दर्ता र एकल चुनाव चिन्हका १२० निवेदन
फागुन २१ गते ताेकिएकाे प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि जम्मा १३० दलकाे आवेदन परेकाे निर्वाचन आयाेगले जनाएको छ ।
निर्वाचन आयाेगले आइतबार एक विज्ञप्ति जारी गर्दै मंसिर १० सम्मकाे लागि ताेकिएकाे दल दर्ता र एकल चुनाव चिन्ह माग गर्ने म्याद थप गरी मंसिर १४ सम्म पुर्याइएकाे र साे अवधिमा जम्मा १३० वटा निवेदन परेकाे जानकारी गराएकाे हाे ।
आयाेगका प्रवक्ता नारायणप्रसाद भट्टराईले परेका जिवेदन उपर छानविन र अनुसन्धान गरी मंसिर २० गतेसम्ममा निर्णय दिने बताएका छन् ।




