प्रलाेपाले देशैभर भ्रष्टाचार विराेधी अभियान चलाउने निर्णय
नेपाली कम्युनिस्ट पार्टीको एकतामा असन्तुष्टि जनाउँदै बाबुराम भट्टराईसमेतसँग एकता गरेर जनार्दन शर्मासमेतकाे संरक्षकत्वमा बनेकाे प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले देशैभरि भ्रष्टाचार विरोधी अभियान चलाउने भएको छ।
शुक्रबार काठमाडौंमा बसेको विस्तारित बैठकले भ्रष्टाचार विरोधी अभियान देशैभरि चलाउने गरी कार्यदल बनाउने निर्णय भएको नेता सुदन किराँतीले जानकारी दिए।
प्रलोपाले त्यसका लागि जिएस गुरूङको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको छ।
कार्यदलमा जटिल कार्की, अमित खनाल (ऊर्जा), सम्झना राई, ध्रुव प्रसाद काप्री, मञ्जु मिक्चान र दीपक महतो सदस्य छन्।
बैठकले प्रलोपासँग बृहत एकता, ध्रुविकरण र सहकार्यका लागि सबै प्रगतिशील, लोकतान्त्रिक र देशप्रेमीहरूलाई आह्वान पनि गरेको छ।
त्यसका लागि वार्ता र संवाद गर्न पार्टी सँधै खुला रहेको पनि प्रलोपाले जनाएको छ।




