नेपाली कम्युनिस्ट पार्टीको प्रदेशस्तरीय एकता सभा कहाँ कहिले ?

मूलखबर संवाददाता
काठमाडौं

१२ भन्दा बढि विभाजित माओवादी तथा कम्युनिस्ट पार्टी र समुहहरूबी एकता र ध्रुवीकरणबाट निर्माण भएको नेपाली कम्युनिस्ट पार्टीकाे प्रदेशस्तरिय एकता सभा धनगढीबाट शुरू भएको  छ ।

उक्त पार्टीले सबै भाैगाेलिक तथा गैरभाैगाेलिक प्रदेशहरूमा एकता सभाकाे कार्यतालिका यस अघि नै सार्वजनिक गरेको थियाे ।

पार्टीका केन्द्रीय कार्यल य सचिव गणेशमान पुनले पार्टी एकताको सन्देशलाई आम जनसमुदायबीच पुर्याउन नेपाली कम्युनिष्ट पार्टीको विभिन्न प्रदेशमा निम्नानुसार सन्देश सभाको कार्यक्रम तय गरेको जानकारी दिए ।
१. सुदूरपश्चिम प्रदेश मंसिर १२ गते, धनगढी
२. लुम्बिनी प्रदेश मंसिर १३ गते, देउखुरी
३. गण्डकी प्रदेश मंसिर १४ गते, पोखरा
४. प्रदेश नं. १ – कोशी प्रदेश मंसिर १५ गते, बिराटनगर
५. उपत्यका विशेष प्रदेश मंसिर १७ गते, काठमाडौं
६. कर्णाली प्रदेश मंसिर १८ गते, सुर्खेत
७. मधेश प्रदेश मंसिर २० गते, जनकपुर
८. प्रवास प्रदेशहरुको संयुक्त भर्चुअल कार्यक्रम मंसिर २१ गते
९. संघीय सम्पर्क समन्वय प्रदेश मंसिर २२ गते, काठमाडौं ।
१०. बाग्मती प्रदेश मंसिर २३ गते, हेटौडा