ओलीको देवत्वमा देशको अस्तित्व !
पछिल्लो समय एमालेले तयार गरेका राजनीतिक भाष्य अनौठा छन् । एक दुई उदाहरण हेरौं । एउटा चुनावी गीत छ- जनता पाल्ने एमाले । यो बोलको गीतले जनतालाई हेप्नु हेपेको छ । पाल्ने शब्द सामन्यतया घरपालुवा जनवारका लागि प्रयोग गरिन्छ । अशक्त अशाय बिमार बृद्धवृद्धाको हकमा पनि फलानोले पालेको छ भन्ने सुनिन्छ । यसमा पनि पालेको शब्दले सम्मान दर्शाउदैन, कृपा गरि साहारा दिएको जनाउछ । फेरि एमालेकै चुनावी गीतमा फर्कौं- के जनता त्यति असाय छन्, एमालेले पालिदिनुपर्ने ? एमालेले जनता पालेको हो कि, एमालेलाई जनताले पालेको हो ? कि एमालेबाट पालिएका ‘झोले’ मात्र जनता हुन् । जबकी हाम्रो संविधानले जनतालाई सार्वभौम सत्ता सम्पन्न मान्दछ । एमाले किन जनतालाई असाहय र पालुवा ठान्दछ ?
ओलीजी अजम्बरी होइनन् । त्यसमाथि ओली जीर्ण स्वास्थ्यका पीडित हुन् । फ्याट्ट ओली परमधाम भए रे, के नेपालको अस्तित्व झ्याप्प नामेट हुने हो ?
एमालेजनले ओली केन्द्रीत नारा तयार पारेछन्-जोगाउन देशको अस्तित्व, केपी ओलीको नेतृत्व । हे दैब ! जस्ले नेतृत्व गर्दा देश धन्नै धुतिसात भएन, उही बिना देशको अस्तित्व रहदैन भनेर कसरि भन्न सकेको ? बरु राजा बडामहाराजहरुको पालामा सुनिन्थ्यो- राजा नरहदैमा राज्य सकिदैन । महेन्द्र भन्थे- म मरेपनि मेरो देश बॅाचिरहोस् । एमालेहरुलाई के भएको हो ? भन्न कसरि सकेको हो- ओली बिना देशको अस्तित्व जोगिदैन । के नेपालको अस्तित्व ओलीबाट शुरु भएर ओलीबाटै अन्त्य हुने ओली-लीलाको उत्पादन हो र ?
ओलीजी अजम्बरी होइनन् । त्यसमाथि ओली जीर्ण स्वास्थ्यका पीडित हुन् । फ्याट्ट ओली परमधाम भए रे, के नेपालको अस्तित्व झ्याप्प नामेट हुने हो ? शेष नागले धर्ती थामेको कथा पढिएको हो ! मानि लिउॅ अलौकिक शक्ति सम्पन्न ओलीलाई तलमाथि केही भयो- आठ लाख पार्टी सदस्य रहेको एमाले भित्र अर्को कोही छैन, जस्ले देशको अस्तित्व जोगाउन सकोस् ?
जो १०/२० हजार किशोर किशरीको आन्दोलन थेग्न सक्ने सामर्थ्य राख्दैन, उसैले देशको अस्तित्व जोगाउने सामर्थ्य राख्छ भनेर हामीले पत्याइदिनु पर्ने । जुन गोरुको सिंग छैन, उसैको नाम तिखे त्यसै भनिएको होइन !
एमालेको चुनावी नारा हुन्थ्यो -वृद्ध भत्ता । सचेत नागरिकले तेरो गोजिबाट ल्याएर देको होस र, तेरो भत्ता तैंलाई भो भन्न थालेपछि वृद्धभत्तावाला नारापनि कोमामा पुगेको छ ।
नेपाल देश विश्वका पूराना देश मध्यमा पर्दछ । ओलीका आदिपुर्खा जन्मिनु अघि नेपालको अस्तित्व थियो । ओलीको राजनीतिक र जैबिक अवसान पछि पनि नेपालको अस्तित्व रहनेछ । सूर्यलाई भोट नहाले घाम उदाउॅदैन भनि भोट माग्ने एमालेले ओली बिना देशको अस्तित्व रहदैन भन्यो भनेर के अचम्म मान्नु र ?
एमाले राजनीतिक मुद्धाका दृष्टिले चरम संकटमा छ । प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको नारा कुनै बेला एमालेको थियो । ओली नेतृत्वमा आएपछि षडयन्त्रपूर्वक घोषणापत्रमा राखिएको भन्दै प्रत्यक्ष कार्यकारीको नारालाई मेटिदिए । ओलीले प्रष्ट भन्न नसकेको तर भन्न खोजेको अर्को कुरा हो – नागरिक सर्वोच्वता । अर्थात निर्वाचित प्रधानमन्त्री मातहत सेना रहनुपर्छ । आफ्नै विगतका कारण उनले नागरिक सर्वोच्वता भनिरहेका छैनन् । घुमाएर सेनाबारे टिप्पणी चाहीं गरिरहेका छन् ।
एमालेको चुनावी नारा हुन्थ्यो -वृद्ध भत्ता । सचेत नागरिकले तेरो गोजिबाट ल्याएर देको होस र, तेरो भत्ता तैंलाई भो भन्न थालेपछि वृद्धभत्तावाला नारापनि कोमामा पुगेको छ । चुच्चे नक्साको नाराको पनि हावा फुस्किएको छ । भारत र चीनबीच लिपुलेकको उपयोगबारे कम्तिमा दुई पटक सम्झौता भयो । दुबै सम्झौता हॅुदा नेपालमा प्रधानमन्त्री वली थिए । असफल कुटनीतिको यो भन्दा ज्वलन्त उदाहरण के होला ? कम्तिमा चीनसॅग उचित समन्वय गर्न सकेको भए भारत दवावमा पर्ने थियो । समृद्ध नेपाल, सुखी नेपालीको नारा भष्टाचारका कारण ओझबिहिन बन्न पुग्यो । एकपछि अर्को नारा अर्थहीन भएपछि- एमालेले ओली नेतृत्वले मात्र देशको अस्तित्व बच्छ भन्न थालेछ। हुनत हुटिट्याउॅले आकाश आफैंले थामेको ठान्दछ ।




