लमजुङमा बाेलेराे जीप दुर्घटना, दुई जनाको मृत्यु
लमजुङको मर्स्याङ्दी–६, नाइचेस्थित सडकखण्डमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
शुक्रबार राति करिब ११ः३० बजे खुदीबाट नाइचेस्थित हिडिखोला जलविद्युत परियोजनाका लागि सिमेन्ट लिएर जाँदै गरेको बा.८च ३७३१ नम्बरको बलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ८०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे राति १२ः३० बजे प्रहरीलाई जानकारी प्राप्त भएको थियो। बाहुनडाँडा र खुदी प्रहरी चौकीका टोलीले घटनास्थल पुगेर घाइतेको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल लमजुङ पठाएका यिए। तर उपचारका क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा दोलखाको मेलुङ–४ का ३० वर्षीय चालक विनोद खड्का र सोही जीपमा सवार २५ वर्षीय पारस खड्का रहेका छन्। दुर्घटनामा ताप्लेजुङको सिदिङ्वा–४ का २० वर्षीय उमेश लिम्बु सकुशल रहेका छन्।




