आईसीसी विश्वकप लिग २ मा नेपाल र अमेरिका भिड्दै
यूएईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा जारी आईसीसी विश्वकप लिग २ मा आज नेपाल र अमेरिका भिड्दैछन् ।
आईसीसी विश्वकप लिग २ अन्तर्गत संयुक्त अरब एमिरेन्ट्स (यूएई) सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज ९आइतबार० नेपाल र अमेरिका प्रतिस्पर्धा गर्न लागेका हुन् ।
खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ। नेपाल रोहित पौडेलको कप्तानीमा मैदान उत्रनेछ। अमेरिकाको कमानी मोनांक पटेलले सम्हाल्नेछन्। सिरिजको दोस्रो खेलमा नेपालले यूएईविरुद्ध खेल्नेछ। शनिबार पुनः अमेरिकासँग र आगामी बुधबार यूएईसँग खेल्ने तालिका छ।
आईसीसी विश्वकप लिग(२ मा १६ खेल खेलेको नेपाली टोली ५ खेलमा जित र ९ खेलमा हार र २ खेलमा अंक बाँड्दै १२ अंकमा तालिकाको सातौँ स्थानमा छ। समान खेलबाट ३ खेलमा जित र १३ खेलमा हार भोग्दै ६ अंक बनाएको युएई अंक तालिकाको पुछारमा छ।
लिगको २० खेलमा १४ खेलमा जित, ६ खेलमा हार भोगेको अमेरिका २८ अंकमा दोस्रो स्थानमा छ।




