माओवादी अध्यक्ष प्रचण्डको प्रस्तावमा के छ ?
जेन जी आन्दोलनपछि गैर दलिय सरकार छ, निर्वाचन घाेषणा भएको छ, युवा जेनजी आन्दोलनको भावना र आम जनमानसको मनाेभावना अनुरूप सबै दलहरूमा नेतृत्व परिवर्तन र रूपान्तरणको दबाब बढेकाे छ ।
यही समयमा प्रमुख राजनीतिक दल मध्येको एक दल समतामुलक समावेशी र सामाजिक न्यायसहितकाे राज्य स्थापनाकाे लागि जनयुद्धकाे पहलकर्ता नेकपा माओवादी केन्द्रकाे केन्द्रीय समितिकाे साताैं बैठक राजधानी काठमाडौंमा जारी छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक संक्षिप्त गहन राजनीतिक तथा सांगठनिक प्रस्ताव पेश गर्दै पार्टीको रूपान्तरण र शुद्धीकरण तथा सुदृढीकरणका लागि विशेष महाधिवेशनमा जानेगरी केन्द्रीय समिति विघटन गर्ने र आयाेजक समिति बनाउने त्यसकाे संयाेजक प्रचण्ड रहने र पदाधिकारीलाई सचिवालय सदस्य बनाएर प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नेतृत्व चयन गर्ने प्रस्ताव ल्याउनुभएकाे छ .
माओवादी अध्यक्ष प्रचण्डको प्रस्तावमा के छ ?




