मान्छेलाई नाताका आधारमा सिकार गर्ने काम बन्द गरियाेस् : नारायणी शर्मा
पञ्चायति कालरात्रिमा मेराे बा स्कन्द शर्मा तात्कालिन माेटाे मशालकाे रुकुम जिल्लाकाे सँस्थापक हुनुहुन्थ्यो । सायद बाकाे प्रेरणा र समाजमा रहेकाे विभेद र अन्याय ले हाम्राे सम्पुर्ण परिवारलाई बर्ग सँघर्षकाे बाटाे समात्न प्रेरणा मिल्याे र हामी सबै माेटाे मशाल, एकताकेन्द्र जनयुद्ध शान्ति प्रकृया हुँदै आज सम्म निरन्तर त्यहि बाटाेमा छाै । पार्टीमा आएका ठुला ठुला बिचलनमा हामी काेहि पनि टुट फुट बिभाजनकाे पक्षमा उभिएनाै । परिवारकाे काेहि कसैले पनि आत्मसमर्पण गरेन ।
हाे रगतकाे नाताले मेराे ठुलाे दाइ जनार्दन शर्मा हाे ।
म १४ बर्षकाे उमेरमा २०४७ सालमा बिध्यार्थि सँगठनबाट याे आन्दाेलनमा जाेडिए । ०५२ सालमा रुकुमकाे राडि कब्जा गर्दा पहिलाे पटक म हतियारसहित सन्य जिम्मेवारीमा थिए ।रुकुमबाट पहिलाे महिला छापामारकाे रुपमा म , कमला र लाल कुमारि सहभागी भएका हाै , त्यसपछि पार्टीका सबै गतिबिधिमा म निरन्तर सँलग्न हुँदै आए । म साेध्न चाहान्छु म ०५२ सालमा जनार्दनकाे बैनि भएर हतियार समातेकि पार्टीको जिम्मेवार भएर ? पार्टीमा केही समयदेखि जनार्दनले विधि पद्धति का बिषयमा निरन्तर आवाज उठाउनु भएकाे छ । त्याे पार्टी मा हुने छलफल बहस एउटा बिषय हाे । तर अहिले एउटा तप्का पार्टि भित्रकाे बहसलाई अन्यत्र माेड्न हामीलाई परिवारबादकाे आराेप लगाईरहेकाे छ । साच्चै भन्ने हाे भने म आन्दाेलनमा जनार्दन काे बैनि भएकै कारण अन्याएमा पारिएकाे पात्र हाे । पार्टी भित्र चल्ने सँघर्ष र जनार्दन सितकाे प्रतिष्पर्धामा सधै मलाई सिकार बनाउने गरिएकाे छ । त्यसकाे ज्वलन्त उदाहरण म सितै का र म पछिका पनि पार्टीमा उनिहरुले प्राप्त गरेकाे अवसर र जिम्मेवारी हेर्दा स्पष्ट हुन्छ । पार्टि बिभाजन भएर छिया छिया भएकाे बेला पहिलाे पटक २०७० सालमा मैले दाङ देउखुरिबाट प्रतिनिधि सभा सदस्य काे टिकट पाए जाहा जितिने सम्भावना थिएन तर म पार्टीको निर्णय अनुसार उमेदवार भएर पराजित भए । र ०७९ मा समानुपातिक बाट पहिलाे पटक प्रतिधि सभा सदस्य बने । यसकारण हामिले पार्टीमा आफ्नाे याेगदान अनुसारका जिम्मेवारी पाएका हाै।
अब भनिदिन पराे मैले पाएका यी दुई अवसर जनार्दनकाे बैनि भएर पाएकाे हाे त ? जनयुद्धमा म सहिद भएकाे भए जनार्दन काे बैनि भएर सहिद हुन्थे कि पार्टीको कार्यकर्ता भएर ? जसले जनयुद्ध काे ज थाहा पाएन , पार्टी बिभाजनमा सकृय रहयाे , आत्मसमर्पण गर्याे उसले समेत अहिले परिवारवादकाे ट्याग लगाउँदा अति पिडाबाेध हुदाे रहेछ ।
कमरेड जनार्दन मेराे दाइ मन्त्री हुदा म सचिवालयमा बसेर हालिमुहालि गरेँ कि ? आन्दाेलनमा नलागि नाताकै कारण अवसर लिए कि ? के हाे ? जब कि जनार्दन मेराे दाइ मन्त्री हुँदा पनि म निरन्तर दाङकाे पार्टी निर्माणमा भुगाेल मै खटिरहेकाे सबैलाई जानकारि छ । त्यसकारण जनार्दनकाे परिवारबादकाे यस निकृष्ट आराेप बन्द गरियाेस् । जनार्दनले उठाएकाे बिषय समर्थन बिराेध गर्ने आफ्नाे ठाउँमा छ तर जनार्दनसित मुकाबिला गर्न जनयुद्धदेखि अहिलेसम्म पनि निरन्तर सकृय मान्छेलाई नाताका आधारमा सिकार गर्ने काम बन्द गरियाेस् ।




