डा. ऋषि बस्ताकाेटीकाे शब्दमा `सपना सचित्र´ बजारमा

मूलखबर संवाददाता
काठमाडौं, ८ भदौ

प्रतिभाशाली साहित्यकार डा. ऋषि बस्ताकाेटीकाे शब्दमा सपना सचित्र सार्वजनिक भएको छ ।

मेरो भ्वाइस युनिभर्समा स्वरको जादु देखाई आफुलाई सम्भावना बोकेको प्रतिभाशाली गायक प्रमाणित गरेका शिवराजको स्वरमा सजिएकाे “सपना सचित्र” गीत  सार्वजनिक भएको हाे ।

जीवनको कथा भन्ने यो गीतमा बस्ताकाेटीकाे शव्द रचना, राजेश थापाको संगीत र राजु कार्कीको संगीत संयोजन रहेको छ ।

यो हेर्ने भन्दा पनि सुन्ने गीत भएकोले एक पटक सुनेर, हेरेर, मन परे शेयर, कमेन्ट र सब्स्क्राइब समेत गरेर प्रतिभालाई प्रोत्साहन गरिदिनुहुन गीतकार बस्ताकाेटीले आग्रह गर्नुभएको छ । बस्ताकाेटीले  गीत निर्माणको क्रममा सहयोग गर्ने सबै जनालाई धन्यवाद व्यक्त गरेका छन् ।