सहिद परिवारकाे पत्र- ए कमरेड, सुन्नुस् त !
ए कमरेड ! सुन्नुहोस त !
पार्टी भित्र २ लाईन संघर्ष हुनुपर्छ भन्दै बाहिरी तथा आन्तरिक शक्तिको उक्साहटमा लागेर लाईनलाई पार्टि बिभाजनमा लगेर टुङ्गाईएको ईतिहास हामीले पटक-पटक ब्यहोरिरहेको होइन? बैचारिक मतभेद केका लागि हो ? पार्टी शुद्धीकरणको लागि कि बिभाजनको लागि ? बिगतमा बैध्य निक्लेर गए जानेहरु निकै उत्साहित भए पार्टिमै रहनेहरुले हाईसन्चोको महसुस गर्नुभयो ! न फुटको सार्थकता पुष्टि गर्न सक्नुभयो न पार्टिमै रहेर आनन्द मान्नेहरुले पार्टिलाई थप ससक्त बनाए ।
बैध्य जाँदा बाबुराम नारायणकाजिहरु खुसी भए । बिप्लव, बादल, देब गुरुङहरु सँगै गए ! बाबुराम जाँदा नारायणकाजी, बादल र रायमाझिहरु खुसी भए । बादल पनि गए शक्ति बस्नेत देबेन्द्र पौडेलहरु खुसी भए । अहिले जनार्दन शर्मा भित्र पार्टी नेतृत्वप्रति तिब्र असन्तुस्टी छ, यो असन्तुस्टी बिभाजनमा गएर टुङ्गिने हो कि समझदारिमा गएर टुङ्गिने हो नतिजा आउनै बाँकी छ तर पानी बाराबारको स्थिति किन भयो ? जनार्दन शर्मा पार्टी छोडेर जालान जस्तो मलाई पटक्कै लाग्दैन । पार्टी भित्र शर्माको बैचारिक द्वन्द्व पार्टी निर्माणकालागी होस भन्ने आम कार्यकर्ता सहिद बेपत्ता परिवारको अपेक्षा छ! हामी आफ्नै कारणले यस्तै यस्तै भिभाजनले कमजोर भएका होइनौ !
अर्को कुरा । हो लामो समय देखि पार्टिको अध्यक्ष क. प्रचण्ड हुनुहुन्छ उहाँको नेतृत्वमा राजनितिक क्रान्ति सम्पन्न भयो । (कति सफल कति असफल समीक्षा भैसकेको छ।) बाँकी सामाजिक र आर्थिक क्रान्ति पनि आफ्नै नेतृत्वमा गर्ने हुटहुटी भनौ या ईच्छा प्रचण्डमा छ । पार्टिभित्र उत्तराधिकारी तयार हुनु या खै अब म पार्टी चलाउन सक्षम छु नेतृत्व हस्तान्तरण गर्नु भन्ने आवाज पनि नराम्रो होइन तर तरिका ठिक भएन भन्ने हो ।
हिजो पनि प्रचण्डले बाबुरामलाई प्रधानमन्त्री बनाएकै हुन्, बाबुराम जति अर्थमन्त्री हुँदा सफल भए त्यति सफल प्रधानमन्त्री बन्दा हुन सकेनन् । अझै पनि बाबुरामका आफ्नै ईच्छाहरु थुप्रै होलान् तर बिभाजनले उनलाई पनि नराम्रो गरि सजाय दिइरहेको छ । प्रचण्ड बन्न सबैलाई मन लाग्ने तर पार्टी भित्र २-४ जनालाई अगाडि लिएर नेतृत्व हस्तान्तरणको बहस चलाउनु पनि समय अनुसार हुनुपर्दछ ।
हामी यतिबेला आउँदो निर्बाचनसम्म पार्टी निर्माणमा सकृय भएर लागौँ न । पार्टि फुटेर ५ टुक्रा हुँदा पनि कस्तो चेत नखुलेको हो ? अनि फेरि तल्लो लेवलका कार्यकर्ता साथिहरु पक्ष बिपक्ष भएर लडिरहेको देख्दा सहिदका बलिदानले के भन्ला ? बिरोधिहरुले हाम्रा रोल्पा, रुकुम, कालिकोट, गोर्खा जस्ता लाल किल्लाहरु भत्काउन प्रयास गर्दैछन्र यी कुरा नबुझेर थप उक्सिने हौसिने गर्दा पार्टिलाई कति फाईदा होला कमरेड? यो कुरा प्रचन्ड जनार्दनहरु सबैले बुझ्नुपर्छ!
(लेखक सहिद राममणी भट्टराईका सुपुत्र हुन्)




