राष्ट्रिय सभाबाट दुई विधेयक पारित
राष्ट्रियसभाबाट बजेट छलफलपछि आश्रित दुई विधेयक पारित भएका छन् । राष्ट्रिय सभाको आजको बैठकबाट आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित भएका हुन् । राष्ट्रियसभाले ती विधेयक पारित गरी प्रतिनिधिसभामा पठाएको छ ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयकलाई सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस् भनी प्रस्ताव राखेका थिए। उक्त प्रस्तावलाई सभाले बहुमतले पारित गरेको हो ।
त्यसअघि आर्थिक विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले सुन कारोबारलाई पारदर्शी बनाउँदै यससम्बन्धी अन्तरराष्ट्रिय समुदायबाट व्यक्त चासो सम्बोधन गर्न सुनका गहनामा विलासी कर लगाउने निर्णय गरिएको स्पष्ट पारे।




