माधवमाथी ओलीले प्रतिसाेध साँधे, माधवजीले सफाइ पाउनुहाेला : प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं, २३ जेठ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालविरुद्ध  प्रधानमन्त्री केपी ओलीले प्रतिसाेध साँधेकाे बताए ।

पताञ्चलि जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचारको मुद्दा दर्ता भएपछि प्रचण्डले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रचण्डले माधवले अदालतबाट सफाइ पाउने विश्वास व्यक्त गरेका छन् । उनलेे सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माधवबारे फोन गरेका पनि बताए ।

देउवाले भएको के हो भन्दै आफूलाई फोन गरेपछि आश्चर्यमा परेको प्रचण्डले बताए ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले देउवाले फोन गरेपछि मुद्दा दर्ता गर्ने सल्लाह नभएको रहेछ भन्ने आफूलाई लागेको बताए ।

उनले भने, ‘देउवाजी झूट चाहिँ बोल्नुहुन्न । हिजो फोन गर्नुभएको थियो । माधवमाथि जुन मुद्दा दर्ता भयो, त्यस विषयमा उहाँ आफैँले मलाई सोध्नुभयो, के भएको हो ? अब शेरबहादुरजीले मलाई सोध्ने भनेपछि त आश्चर्यमा परेँ म ।’

देउवाले सोधेपछि सत्तारुढ दलको ठूला नेता तपाईं भन्दै अलिअलि ठट्टा पनि भएको प्रचण्डले बताए ।