विपक्षी दलहरुको बैठक प्रचण्डको च्याम्बरमा
भिजिट भिषा प्रकरणमा गृहमन्त्रीको राजीनामा मागेर संसद बैठक अवरुद्ध गरिरहेका विपक्षी दलहरुले बैठक गरेका छन् । प्रतिनिधिसभाको बैठकमा गृहमन्त्रीलाई बोल्न दिन मागसहित सुचारु गर्न सत्तारुढ दलहरुले आग्रह गरिरहँदा विप्षी दलहरुको बैठक प्रमूख प्रतिपक्षी दल नेकपा माओवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको च्याम्बरमा बसेको हो । बैठक प्रचण्डले नै आयोजना गरेका हुन् ।
प्रतिनिधिसभाको बैठक अझै सुरु भएको छैन । आज दिउँसो १ बजेको लागि बोलाईएको बैठक सुरु हुन सकेको छैन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर विपक्षीहरुले सदनको अवरोध जारी राखेका छन् । प्रतिनिधिसभाको बैठक बस्ने समय घर्किसकेको छ ।
अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विपक्षीहरुको बैठक राखेका छन् । संसद भवनमा रहेको आफ्नो कार्यकक्षमा दाहालले विपक्षीहरुको बैठक राखेका हुन् । सत्तापक्ष र प्रतिपक्षीहरुबीच सदनको अवरोध खुलाउने विषयमा अझे सहमति हुन नसकेको हो । विपक्षीहरुले राखेका माग पूरा गर्न नसकिने सत्तापक्षको अडान कायमै छ ।
हिजो ९बिहीबार० सदनको अवरोध खुलाउने विषयमा मध्यमार्गी प्रस्तावको बारेमापनि छलफल भएको थियो । गृहमन्त्रीलाई सदनमा बोल्न दिने विषयमा माओवादी र एकीकृत समाजवादी लचक देखिएका छन् । तर, रास्वपाले भने मानेको छैन् ।



