दरबार हत्याकाण्डको २४ वर्ष : छानविन नै भएन 

मूलखबर संवाददाता
काठमाडौं, १९ जेठ
दरबार हत्यकाण्डको २४ वर्ष भएको छ । आजकै राती नेपालको पूर्वराजा वीरेन्द्र शाहको वंश नै नाश हुने गरी सम्पुर्ण परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको थियो । उनका माइला भाई ज्ञानेन्द्र शाहको परिवार पनि सहभागि भोजमा उनको परिवारलाई कुनै चोट नलागी वीरेन्द्रको परिवारको मात्रै गोली हानी हत्या गरिएको थियो । त्यसपछि ज्ञानेन्द्र राजा बने र हत्याकाण्डको सम्पूर्ण जिम्मेवारी वीरेन्द्रका जेठा छोरा दिपेन्द्रलाई बोकाइयो । दीपेन्द्रले नै सबैलाई गोली हानी हत्या गरिएको भनिएपनि हत्याकाण्डमा दीपेन्द्रको मुकुण्डो लगाई सबैको हत्या गरिएको प्रत्यक्षदशीले बताएका छन् ।
सैनिक घेराबन्दीका बीच राजदरबारमा भएको भयानक हत्याकाण्डका नायकहरु को हुन् भनेर आधिकारीक घोषणा नभएपनि अहिले राजतन्त्रको पुनस्र्थापनाको लािग अभियान चलाउने ज्ञानेन्द्र शाह नै यसका मुख्य जिम्मेवार हुन् भन्न्मा कुनै विमती छैन ।
विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो । त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्याकाण्डमा परी त्यसै दिन निधन भएको थियो । अर्ध मूच्र्छित अवस्थामा रहेका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिएको थियो । दीपेन्द्र अर्ध मूच्र्छित भई अस्पतालमा उपचाररत रहेकाले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायबी घोषणा गरिएको थियो ।
दीपेन्द्रको पनि २०५८ जेठ २२ गते निधन भएपछि ज्ञानेन्द्रलाई नै राजा घोषणा गरिएको थियो । तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको दुई सदस्यीय समितिलाई छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको थियो । छानबिन समितिले दीपेन्द्रले सबैको हत्या गरी आत्महत्या गरेको भन्ने प्रतिवेदन दिएपनि आम नेपालीले यसलाई स्वीकार गरेका छैनन् ।
राजदरबार हत्याकाण्डको न्यायीक र निष्पक्ष छानवीन हुनुपर्ने माग आम जनताले उठाइरहेका छन् तर हालसम्मका कुनै पनि सरकारले त्यस दिशामा हिम्मत गरेका छैनन् ।