यो धर्तीलाई सिगारौं ! (कविता) ~सत्यजीत
यो धर्तीलाई सिगारौं,
गरिबको भविष्य चकमक बनाऔं।
भोकको आहालमा थोप्ला आशा राखौं,
न्यायको सन्देश सबैतिर छरौं।
पाखुराको बलले खेत जोत्नेहरूलाई,
हामी श्रमको गहना भिराऔं।
घामले पोलिएका ती निधारहरूमा,
सपना र शान्तिको छायाँ छरौं।
माटो हाम्रो आमा हो,
यसलाई विषले नबिथोलौं।
जंगल, खोलानाला र वायुलाई
जीवनको गीत गाउन दिऊँ।
जुन हातले बन्दुक बोकेर,
आफ्नै दाजुभाइ लडाउँछ,
त्यो हातले फुलबारी रोपेर
शान्तिको झरी सिँचौं।
मान्छे मान्छेबीचको पर्खाल भत्काऔं,
जात, धर्म, रङको बन्धन तोडौं।
सबैलाई बराबरीको माला पहिराऔं,
यो धर्तीलाई साझा घर बनाऔं।
सपना हेर्न होइन, सपना बाँच्न,
हामी साहसको दीप जलाऔं।
प्रगति र सहकार्यको बाटो समातेर,
यो धर्तीलाई सिगारौं, नयाँ बनाऔं।